१३ बैशाख २०८१, बिहीबार

२५ दिनमा “दि सेक्रेट्स अफ राधा”को छायाँकन सम्पन्न

secrets of radha wrap

पछिल्लो समयका रियल कपल जोडि सौगात मल्ल र सृष्टि श्रेष्ठले एकपछि अर्काे फिल्ममा अभिनय गरिरहेका छन ।

यस्तैले यी दुइले पछिल्लो समय अभिनय गरेको फिल्म ‘दि सेक्रेट्स अफ राधा’ को छायांकन सकिएको छ । सुवर्ण थापाले निर्देशन गरेको यस । फिल्ममा सुवर्ण र सौगात मल्लको लगानी छ । माघको अन्तिमबाट चलचित्रको छायांकन शुरु गरेर २५ दिनमा फिल्मको छायाँकन सम्पन्न गरिएको हो ।

सौगातको आदियोगी भिजन र निर्देशक सुवर्णको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसंगै खगेन्द्र लामिछाने, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । त्यसैगरी फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भुमिकामा देखिएका छन ।

पालुङ्ग र काठमाडौंमा छायाँकन गरिएको फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ भने प्रदर्शन मिती भने तय गरिएको छ‌ैन ।