१४ बैशाख २०८१, शुक्रबार

चार वर्षको प्रेमपछि विवाह बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

Sompal Marriage

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । क्रिकेटर सोमपालले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन् । राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले सोमपाल र प्रतिभालाई वैवाहिक जिवनको शुभकामना दिएका छन् ।

उनले नयाँ यात्रा थालेकोमा बधाई भन्दै सामाजिक सञ्जालमा सन्देश जारी गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाको तयारीमा रहेको छ । सोमपालको स्वास्थ्यमा समस्या आएपछि उनी भने अहिले आराम गरिरहेका थिए ।