१४ बैशाख २०८१, शुक्रबार

धनगढीको एक लजबाट युवती सहित ४ जना पक्राउ

kailali police district

धनगढीको एक होटेलबाट चार जना पक्राउ परेका छन् । बसपार्कमा सञ्चालित लाली गुराँस होटल एण्ड लज बाट ३ जना युवक र १ युवती गरी चार जनालाई पक्राउ परिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

संकाशपद अवस्थामा भेटिएका कारण उनीहरुलाई पक्राउ गरिएको उनले बताए । विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रण लिएर सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालयक कैलालीले जनाएको छ ।