१३ बैशाख २०८१, बिहीबार

केपी ओलीलाई प्रचण्ड-माधवले काम गर्न दिएनन्ः विप्लव

biplab addressing nepal government agreement
फाइल फोटो

सरकारद्वारा हालै मात्र प्रतिबन्ध फुकुवा गरिएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण मुलुक संकटमा फसेको आरोप लगाएका छन् ।

कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी सम्वद्ध अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलन उदघाटन गर्दै विप्लवले प्रचण्ड–बाबुरामले जनयुद्धका एजेण्डा छाडेकाले मुलुक राजनीतिक जटिलतामा फसेको बताए ।

‘जनयुद्धलाई प्रचण्ड र बाबुरामजीले गलत तरिकाले अन्त्य गरेका कारण आजको समस्या आएको हो’, विप्लवले भने, ‘उहाँहरुले देश, जनता र क्रान्तिलाई धोका दिनुभयो ।’ गलत बाटोमा हिंडेका कारण प्रचण्ड पूर्वमाओवादी केन्द्र र भट्टराई मधेसवादी दलको मात्र नेतामा खुम्चिन पुगेको तर्क विप्लवको थियो । उनले सरकारलाई प्रचण्ड र माधव कुमार नेपालले काम गर्न नदिएको समेत दाबी गरे ।