१३ बैशाख २०८१, बिहीबार

‘ए मेरो हजुर ४’ को पोस्टरसंगै प्रदर्शन मिति तय

anmol and suhana4 1

अभिनेता अनमोल केसी र सुहाना थापा स्टार फिल्म ‘ए मेरो हजुर ४’ को फस्टलुक पोस्टरसंगै रिलिज मिति तय गरिएको छ ।
निर्माण टिमले सोमबार सामाजिक सञ्जालमा अनमोल र सुहानाको रोमान्टिक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको छ ।

फिल्म २०७८ सालको भाद्र १८ मा प्रदर्शन हुदैछ । झरणा थापाको निर्देशनमा बनेको फिल्मको पोस्टरले अनमोल र सुहानाको प्रेमभाब प्रस्तुत गर्छ । अनमोलले सुहानालाई किस गर्न लाग्दा सुहाना लजाएको देखिन्छ ।

फिल्मको बाकि छायांकन फागुनको २७ बाट सुरु गरिने र फिल्मलाइ आउदो बर्षको महिलाहरुको महान चाड हरितारिका तिजलाइ लक्षित त्यो समय निर्माण टिमले लक गरेका हुन ।
गतबर्षको दशैमा नै रिलिज मिति तय गरेर छायांकन सुरु गरिएको र ५० प्रतिशद छायांकन हुदाहुँदै कोरोनाकाो कारण भएको लकडाउनसंगै फिल्मको छायांकन ९ महिना रोकिएपछि दशैयता छायांकन सुरु गरिएको थियो ।

त्यसयता करिब १५ दिनको छायांकनपश्चात फिल्मको छायांकन फेरि रोकिएको थियो । र यहि बिहिबारबाट फिल्मको बाकि छायांकन सुरु गरेर चैतको पहिलो साताभित्र इन्डक्ल्याप गर्ने निर्माण टिमको लक्ष्य रहेको छ ।

करिब डेड करोडको लगानिमा निर्माण हुने फिल्मको निर्माता सुनिल कुमार थापा हुन ।

सांगीतिक प्रेमकथामा बन्ने फिल्ममा अनमोल र सुहानासंगै सलोन बस्नेत गायक तथा मोडल दुर्गेश थापासंगै अनमोल केसीको कोको नामक कुकुरको समेत अभिनय रहने छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकनमा संजय लामाको रहेको छ ।

anmol and suhana4