१४ बैशाख २०८१, शुक्रबार

एमालेमै फर्किएर ओली विरुद्ध लड्ने मनस्थितिमा माधव नेपाल समूह

Madhav Nepal
फाइल फोटो

सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह नेकपा (एमाले) मै रहने मनस्थितिमा पुगेको छ। नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले संचारकर्मीसंग कुरा गर्दै आफूहरू नेकपा (एमाले) मै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ओली विरूद्ध लड्ने मनस्थितिमा रहेको बताए।

पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठक विदाइ बैठक पनि हुन सक्छ,’ पेरिसडाँडामै उपस्थित उनले भने। यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए। ती केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ।