
सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई विभाजत गर्दै पुनः पहिलेकै पार्टी व्युताई दिएपछि तत्कालिन नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
सर्वोच्च् अदालतले आइतबार ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै सत्तारुढ नेकपा पार्टी खारेज गरेको थियो । एकीकरण गरेर बनेको पार्टी नै खारेज भएपछि यसअघिको दलको तर्फबाट दिइएको समर्थन फिर्ता लिने पक्षमा माओवादी केन्द्रका नेताहरु पुगेका छन् । सो पार्टीका नेता एवंम पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभावकार’ले पुरानै पार्टी व्यतिएपछि अब सोही अनरुप अघि बढ्ने बताए । उनले माओवादी केन्द्र व्युतिएपछि केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बर्ता ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता नहुँदै ओली प्रधानमन्त्री बनेका थिए । संयुक्त गठबन्धन बनाएर चुनाव लडेकाले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।
एमाले र माओवादी केन्द्र एकीकरण भएपछि २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो ।