१३ बैशाख २०८१, बिहीबार

महिला र पुरुष ज्यालामा विभेद

Aantarkarya scaled

दैलेख जिल्लामा हुने विकास निर्माण तथा कुनै पनि काममा पाउने ज्याला समान नभएको पाईएको छ । आइतबार भएको एक कार्यक्रमका सहभागिहरुले महिला र पुरुषले पाउँने ज्यालामै विभेद भएको बताए पछि ज्यालामा समानता नभएको हो ।

१११ औँ अन्तराष्ट्रिय दिवसको सन्दर्भमा आयोजित ‘श्रमिक महिलाको सवालः असरर चुनौती विषयक बृहत् अन्तरक्रिया कार्यक्रमा सहभागि महिलाहरुको आवाज थियो हामीले कहिले सम्मान ज्याला पाउने ? १८औ शताब्दीबाट सुरुवात भएको श्रमिक महिलाको अधिकारको आन्दोलन २१ औ शताब्दी सम्म आई पुग्दा सम्मेत श्रमजीवी महिलाले आफ्नो पूर्ण अधिकार प्रयोग गर्ने पाएका छैनन् ।

अझै पनि महिलाहरु पुरुषको थिचोमिचोमा बस्नुपर्ने बाध्यता रहेको छ । हरेक दृष्टिकोणबाट महिलालाई कम्जोर पार्ने पृतिसत्ताको अन्त्य हुनुपर्ने भन्दै एउटै काम गर्दा सम्मेत पुरुषलाई एक थरीको ज्याला र महिलालाई अर्को थरीको ज्याला दिने काम बन्द गर्ने नगरपालिकाले ध्यानार्कषण गराउँदै बाल कुमारी बादिले भनिन ” हामीले दैनिक १९ घण्टा सम्म काम गर्दा सम्मेत महिनामा ८ हजार कमाउन सक्दैनौ हाम्रो कामको कुनै समय र ठेगाना छैन ।”

सुन्दर नेपाल संस्था दैलेखको समन्वय र नारायण नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमा नारायण नगरपालिकाकी उप प्रमुख, जिल्ला भित्रका दलित महिला तथा अधिकारको क्षेत्रमा काम गर्ने भिभिन्न संघ–संस्था सहित करीब ५० जानको सहभागीता रहेको थियो । त्यहाँ उपस्थित सबैको धारण महिलाको अधिकार सम्बन्धी थियो ।