१५ चैत्र २०८०, बिहीबार

डिम्पल कुमारी झाले दिइन् राज्यमन्‍त्रीबाट राजीनामा

Dimpal Kumari Jha

प्रदेश-२ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले राजीनामा दिएकी छन्। प्रदेश सरकारको कार्यप्रति असन्तुष्टि जनाउँदै बुधबार उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्।

राजपा नेपालबाट राज्यमन्त्री बनेकी डा. झाले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको प्रयास अनुकुल नरहेकाले राजीनामा दिनुपरेको उल्लेख गरेकी छन्।

‘म राज्यमन्त्री भएपछि सरकारको पद र प्रतिष्ठा जोगाउन प्रयास गर्दागर्दै पनि मेरो प्रयासका बाबजुद स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेकीछु’, उनले लेखेकी छन्।

संघीय केन्द्रीय सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल सहभागी हुने योजना अनुसार उनको राजनीनामा आएको स्रोतको भनाइ छ।

संघीय सरकारमा राजपा नेपाल सहभागी भए श्रीमान् अनिल झालाई मन्त्री पदका लागि भागबण्डामा बाटो खुला हुने मनस्थितिले झाले राजीनामा दिएको श्रोतको दाबी छ।