८ बैशाख २०८१, शनिबार

पाँच सदस्य चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा नियुक्त

bikash bord

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ ।

मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र जाँच समितिका रिक्त सदस्य पदमा नियुक्ती गरेको हो । बोर्डको रिक्त सदस्यमा नुवाकोटका अर्जुनकुमार डंगोल, मोरङका प्रकाश भट्टराई, फनिन्द्रकुमार कट्वाल (राज) नियुक्ती भएका छन् ।

डंगोल फिल्म निर्माता एवं गायक हुन् । भट्टराई निर्देशक र कट्वाल फिल्म अभिनेता हुन् ।

यस्तै, सेन्सर बोर्डमा ओखलढुंगाका सन्तोषकुमार थापा र मोरङकी मीनाक्षी कोइराला नियुक्ती भएका छन् ।

चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका हुन् । सन्तोष रंग पत्रकारितामा सक्रिय छन् भने मिनाक्षीले म्यूजिक भिडियो निर्देशन समेत गरिसकेकी छिन् ।

संचार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र दिँदै संचारमन्त्री पार्वत गुरुङले विकृति र विसंगतिरहित चलचित्र क्षेत्र बनाउन भूमिका खेल्न आग्रह गरे ।

उक्त समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि उपस्थित थिए ।

चलचित्र विकास बोर्डको अध्यक्ष र सदस्य तथा चलचित्र सेन्सर बोर्डको सदस्य पदमा राजनीतिक नियुक्त हुने गर्दछ ।

उनले नियुक्त सदस्यहरुलाई मर्यादित भएर काम गर्न आग्रह गरे । नियुक्त भएका पाँचै जना सदस्यहरुको कार्यकाल २ बर्षको हुनेछ ।

    सम्बन्धित समाचार...