७ बैशाख २०८१, शुक्रबार

कैलालीवाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेता पुन र कुमाल रिहा

biplab and kp oli

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा हुनु भएको छ ।

सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्ज समेत पुन गत साउनमा पक्राउ पर्नुभएको थियो । कारागारबाट रिहापछि उहाँले आफूहरुको राजनीतिक कार्य सूचि परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिनुभयो ।

नेता पुनलाई हात हतियार सम्बन्धी र कुमाललाई सङ्गठित अपराध सम्बन्धी मुद्दा लगाइएको थियो ।