१६ चैत्र २०८०, शुक्रबार

विप्लवको प्रशंसा गर्दै ओलीले भनेः साहसिक र ऐतिहासिक कदम चाल्नुभयो

biplab and kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने कदम चालेको भन्दै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रशंसा गरेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिको अन्तिम किस्ता पनि पूरा गरी शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका हुन् ।

नेकपाका महासचिव विप्लवलाई स्वागत, बधाई र शुभकामना भन्न चाहन्छु । जुन साहसिक कदम र ऐतिहासिक कदम चाल्नुभएको छ,’ ओलीले भने, ‘नेपालमा द्वन्द छैन । शान्ति छ ।’ केही दिनअघि मात्र राष्ट्रसंघको प्यारामिटरमा नेपाल अगाडि बढेको तथ्यांक आएको स्मरण गर्दै ओलीले भने, भरे बेलुका मूल्यांकन गर्ने हो भने कसरी गर्ला ?