११ बैशाख २०८१, मंगलवार

नेपाली चलचित्र क्षेत्रमा संघर्षरत अनिल

ak

गुल्मी जिल्ला घर भई हाल काठमाडौमा बस्दै आएका अनिल कँडेल नेपाली चलचित्र क्षेत्रमा धेरै पुरानो नाम होईन । अनिल कँडेल नेपाली चलचित्र क्षेत्रमा उदाउदै गरेका नयाँ नाम हो।

कान्तिपुर फिल्म एकेडेमीबाट अभिनयमा स्नातक गरेका अनिल यस क्षेत्रमा निरन्तर ४ बर्ष देखी सङ्घर्षरत छन् । २६ बर्षका चटक्क परेका कँडेल, हेर्दा आकर्षक र प्यारा देखिन्छन् । अनुशासित अनिलको अभिनय क्षमता उनि जत्तिकै आकर्षक र मनमोहक छ ।

Anil Kandel1 1

गहकिला अभिनय गर्ने नायक अनिल अहिले ब्यस्त छन । उनले अभिनय को चर्चा ‘स्ट्राइक’ नामक लघु चलचित्र बाट चुलिएको छ ।

साथै उनले गरुङ भाषाको ‘मा’ चलचित्रमा सह निर्देशकको रुपमा पनि काम गरेका छन ।

अनिल विधिवतरुपमा भने ‘म’ नामक चलचित्रमा नव नायकका रुपमा डेब्यु गदैछन् । आफ्नो मेहनत र परिश्रमले गर्दानै उनले यो सफलता हासिल गर्दै गएका हुन ।

आफ्नो अभिनयबाट दर्शकहरुलाई आकर्सित र सबैको मन जित्न सफल भएका छन। उनले भने यस नेपाली चलचित्र क्षेत्रमा आगामी दिनमा आफुलाई चित्त बुझ्ने खाले कुनै पनि फिल्म तथा म्युजिक भिडियोको अफर आयो भने म गर्न तयार छु र जीवन्त नेपाली चलचित्र क्षेत्रमा लाग्ने प्रतिबद्दता समेत ब्यक्त गर्ने कुरा बताउँछन।

हाल अनिल लघु सिनेमामा व्यस्त रहेका छन् ।

Anil Kandel1
Anil Kandel2
Anil Kandel
Anil Kandel 1
Anil Kandel3

    सम्बन्धित समाचार...