fbpx
८ बैशाख २०७८, बुधबार

पहिलोपटक एउटै फिल्ममा देखिँदै अजय र आलिया !

बलीउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट पहिलोपटक एउटै फिल्ममा देखिने भएका छन् । यी दुई कलाकारलाई फिल्म ‘गंगुबाई कडियावाडी’ ले एउटै फ्रेममा ल्याउने भएको हो ।

आलियाको मुख्य अभिनय रहेको ‘गंगुबाई कठियावाडी’ मा अजय विस्तारित गेस्ट आर्टिस्टको भूमिकामा देखिँने भारतिय संञ्चारमाध्यमले जनाएको छ ।

पछिल्लो समय ‘गंगुबाई कडियावाडी’को ट्रेलर सार्वजनिक भए पश्चात आलियाको चर्चा बढेको छ ।

एक स्रोतलाई उल्लेख गर्दै बलिउड हंगामा लेख्छ- “फिल्ममा आलिया मुख्य भूमिकामा छन् । उनीभन्दा अरु महत्त्वपूर्ण पात्र फिल्ममा छैन । अजय देवगन फिल्मको एउटा महत्त्वपूर्ण दृष्यमा देखिँदै छन्, जहाँ उनीहरु आगो र बरफका रुपमा आमने-सामने हुनेछन् ।”

यो फिल्म मुम्बईकी माफिया क्विन गंगुबाईको जीवनमा आधारित रहेरको छ । फिल्म सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको हो ।

‘हम दिल दे चुके सनम’ फिल्मको करिब २२ वर्षपछि अजय सञ्जयलीला भन्सालीको फिल्ममा देखिन लागेका हुन् । फिल्म जुलाई ३० मा रिलिज हुने तयारीमा रहेको छ ।