१६ चैत्र २०८०, शुक्रबार

सय रुपयाँबाट सुरु गरेको वृद्धभत्ता अब ५ हजार पुर्‍याउँछु: प्रधानमन्त्री ओली

kp oli 1
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले ०५१ सालबाट एक सय रुपैयाँमा सुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्‍याउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

सुनकोशी-मरिन डाइभर्सन केन्द्र सिन्धुलीमा शिलान्यास गर्दै उहाँले भन्नु भयो ‘हामीले ०५१ सालबाट वृद्धभत्ता एक सयबाट सुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५ हजार पुर्याउछौँ।’

उहाँले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताए। देशको राजनीतिक अवस्थालाई लिएर प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उहाँले पिलो निचोरिँदैमा ओजन नघट्ने बताउनु भयो । अहिलको कम्युनिस्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको उहाँको भनाई छ।

उहाँले सरकारले उल्लेख्य प्रगति गरेको भन्दै देश विकासको लहर चलेको सुनाउनु भयो । जनताको सरकार भएकाले देश बनाउन केन्द्रित भएको दाबी गर्नु भयो ।