१३ बैशाख २०८१, बिहीबार

नेकपा विवादबारे कुनै निर्णय नभएपछि आयोग जाँदै प्रचण्ड- माधव समूह

prachanda madhav

नेकपा प्रचण्ड- माधव समूह निर्वाचन आयोगमा जाने भएका छन् । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको स्रोतले जनाएको छ । नेकपा विवादबारे कुनै निर्णय नगरेपछि आयोग जाने तयारी भएको उनीहरुले बताएका छन् ।

समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो ।