
फाइल फोटो
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न निर्णय गरेको छ । आज (विहीबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजैदेखि लागू हुने गरी प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
आज विहान मात्रै सो समूह र सरकारबीच तीन बुँदे सहमति भएको थियो । सोही सहमतीको आधारमा सरकारले यस्तो निर्णय गरेको हो । विप्लव समूह माथि भएको सहमतीको बाँकी विषयहरु भोलि (शुक्रबार) सार्वजनिक गरिदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ भोली एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।