fbpx
८ बैशाख २०७८, बुधबार

ओलीद्वारा संसदीय दलको बैठक अवहान, प्रचण्ड–माधवलाई पनि एसएमएस

फाइल फोटो

नेकपा ओली समूहले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ ।सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनु भयो ।

उहाँका अनुसार बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएसमार्फत सूचना दिइएको छ । प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको छ ।

‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ ।

प्रचण्ड माधव समूहले भन्नु बुधबार मात्र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । साथै पार्टी सदस्यबाट निस्कासन गरिसकेको कारण ओलीले गरेका निर्णय मान्य नहुने भन्दै संसद सचिवालयलाई पत्र लेखेको छ ।