२० बैशाख २०८१, बिहीबार

सभामुख सापकोटाविरूद्ध शितल निवासअगाडि प्रदर्शन, १२ जना मानवअधिकारवादी पक्राउ

sital niwas

आइतवार प्रतिनिधि सभामा निर्विरोध निर्वाचित सभामुख अग्नि सापकोटाको शपथको विरोधमा राष्ट्रपति कार्यालय शितल निवास अगाडि प्रदर्शन भएको छ ।

अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका मानवअधिकारवादीहरू पक्राउ परेका हुन।

कार्यालयमा सभामुखको शपथ तोकिएको बेला बाहिर प्रदर्शन गर्ने १२ जनालाई पक्राउ गरिएको छ ।

सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिएका बेला मानवअधिकारवादीहरू शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका थिए। 

आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत १२ पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए। उनीहरूलाई निषेधित क्षेत्र तोडेकाले पक्राउ गरिएको उनले बताए।

हत्या आरोप लागेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन भइरहेको थियो ।

पक्राउ पर्नेहरूमा लामा, प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन्।