६ चैत्र २०८०, मंगलवार

पैदलयात्रीलाई ठक्कर दिएर फरार ट्रक चालक चितवन प्रहरीको फन्दामा

truck

जिल्ला प्रहरी कार्यालय चितवनले पैदलयात्रीलाई ठक्कर दिएर फरार ट्रक चालकलाई पक्राउ गरेको छ । फागुन ९ गते खैरहनी नगरपालिका १ स्थित सडकमा कालिका नगरपालिका ३ का कुल बहादुर मोक्तानलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले तीब्र खोजी गरेपछि ठक्कर दिने ना ६ ख २९०९ नम्वरको ट्रक र चालक राप्ती नगरपालिका १ का गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्ररहीले जनाएको छ ।