१६ चैत्र २०८०, शुक्रबार

अभिनेत्री पूजा शर्मा आफ्नो प्रेम-सम्बन्ध बारे यसो भन्छिन

Pooja Sharma

अभिनेत्री पूजा शर्मा आफ्नो प्रेम सम्बन्धबारे खुलेर बोलेकी छन् । उनले सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा मंगलबार स्टेटस पोस्ट गर्दै आफू कोही पनि सहकर्मीसँग प्रेम सम्बन्धमा नरहेको बताएकी हुन् ।

पुजाले कतिपय अवस्थामा दर्शकले मसँग पर्दामा काम गर्नु भएका सहकर्मी कलाकारलाई मेरो प्रिय जोडीको रूपमा हेरिदिनुभएको छ,’ | उनले स्टेटसमा लेखेकी छन्, ‘यो एउटा कलाकार भएको नाताले मैले सौभाग्यको रूपमा लिएकी छु।’

झन्डै ७ वर्षदेखि फिल्म क्षेत्रमा सक्रृय पूजा निर्माता समेत हुन् । उनले यी सब विषयलाई समेट्दै आफ्नो सफलताको श्रेय दर्शकलाई दिएकी छन्। ‘मेरा लागि सबैभन्दा माथि मेरा दर्शकहरू हुनुहुन्छ। दर्शकहरूको प्रेमकै कारण म आज यहाँ छु। चलचित्र क्षेत्रमा लागेपछि थुप्रै अग्रज, समकालीन साथीहरूसँग जोडिने मौका पाएँ। जसले मलाई अगाडि बढ्न सधैं प्रेरणा, हौसला र साथ दिनुभयो।’

यसैमा थप भनेकी छन्, ‘चलचित्र बजारमा मेरा बारेमा चल्ने विभिन्न खालका चर्चा परिचर्चालाई मैले सामान्य रूपमा ग्रहण गर्दै अगाडि बढिरहेकी छु। दर्शकले दिनु भएको सल्लाहा, सुझाव र मायालाई नै आत्मसात गर्दै म अगाडि बढ्नेछु।’

आफ्नो प्रेम सम्बन्ध भइहालेमा दर्शक माझ खुलस्त रूपमा बताउनेमा उनी लेख्छिन्, ‘जिन्दगीको यात्रा तय गर्ने क्रममा कसैसँग म जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा पुगेँ भने अवश्य पनि दर्शक, मिडियाकर्मी साथीहरू र मेरो दोश्रो घरको रूपमा रहेको चलचित्र क्षेत्रलाई अवश्य साक्षी राख्नेछु।’ उनले लेखेकि छिन ।

अभिनेत्री पुजाको सुरुआतमा निर्देशक सुदर्शन थापासंग नाम जोडिएको खबर मिडियामा आउँथ्यो भने फिल्म रामकहानि पश्चात अभिनेता आकाश श्रेष्ठसंग नाम जोडिएको खबर बाहिरिएको थियो । तर पनि दुबैले यस कुरालाई गसिपको रुपमा मात्र स्विकार्दे आएका छन । फिल्म रामकहानि पछि यी दुइले पोइ पर्‍यो काले, सम्झना बिर्सना, सम्हालिन्छ कहिले मन लगायत फिल्ममा एकसाथ काम गरेका छन भने पछिल्लो समय थुप्रै म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन ।

Capture