७ बैशाख २०८१, शुक्रबार

फिल्म ‘गोर्खा वारियर’को निर्माण नभइ ‘गोर्खा वारियर २’ को घोषणा

gorkha wariyar2

निर्देशक मिलन चाम्सको निर्देशनमा फिल्म गार्खा वारियर २ को घोषणा गरिएको छ ।

मंगलबार राजधानिमा एक समारोहको बीच फिल्मको घोषणाा गरिएको हो ।

कार्यक्रममा साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै फिल्मको निर्माण घोषणासंगै कलाकारहरु सार्वजनिक गरिएको हो । फिल्मको छायांकन यहि फागुन २७ बाट सुरु गरिने भएको निर्देशक मिलन चाम्सले बताए ।

यश फिल्मको पहिलो पार्ट गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर(२ छायांकन थालिएको र यस फिल्मको रिलिजपश्चात मात्र गोर्खा वारियर छायांकन गरिने बताइएको छ ।

फिल्मको घोषणा कार्यक्रममा युद्धमा शहादतप्राप्त गरेका गोर्खा सैनिकप्रति फुलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरिएको थियो ।

फिल्मले गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्ये एउटा वास्तविक कथालाई यो फिल्ममा उतार्न लागिएको फिल्मको निर्देशक चाम्सले बताए । साथै फिल्मको ४ श्रृखलासम्म निर्माण हुने पनि बताएका छन ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो फिल्मको
निर्माता मिलन आफैं हुन् , जसमा सह निर्मातामा सुरेश राई, पूर्ण लिम्बु रहेका छन् ।

फिल्मलाइ नेपाल सहित मलेशिया र बेलायतमा छायांकन गरिने भएको छ ।

फिल्ममा रेविका गुरुङ, बिजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल, बुद्दि तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसी सहितको मुख्य भूमिका रहने छ ।
त्यसैगरि यसै फिल्मबाट रितेस चाम्स अभिनेताको रुपमा डेब्यु गर्देछन ।

आगामी २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदिप बराल डिओपी, हिमाल केसीको द्वन्द निर्देशन रहने छ