१५ चैत्र २०८०, बिहीबार

कबिराजकाे निर्देशनमा बन्ने फिल्ममा आर्यन र उपाशना एकसाथ हुने सम्भावना

December Falls3
फाइल फोटो

नेपाली फिल्मक्षेत्रमा नृत्य निर्देशनमा रुपमा नाम चलेकाे कबिराज गहतराजले फिल्म निर्देशकमा समेत हात हाल्ने भएका छन ।

कविराजले बनाउन लागेको नयाँ फिल्मकाे नाम ‘मिरर’ हो । यो फिल्मकाे बिषयमा निर्माणपक्षले आन्तरिक रुपमा तयारी गरिरहेको छ ।

यो फिल्मका लागि कविराजले नायकमा आर्यन सिग्देललाई अनुवन्धित गरिसकेका छन् । आर्यन अहिले फिल्म ‘डिसेम्बर फल्स’को छायांकनमा व्यस्त छन् । भने यस फिल्मकाे हाल ७० प्रतिशत छायांकन सकिएको छ ।

कविराजको फिल्म मिरर काे लागि अभिनेत्रीकाे रुपमा उपासना सिंह ठकुरीलाई अफर गरिएको छ ।

स्राेतका अनुसार उपासनाले यो फिल्मकाे कथा मन पराएकी छिन् । तर, उनले फिल्मकाे निर्माणपक्षसँग लिखित संझौता भने गरिसकेक छैनन् ।

आर्यन र उपासनाको जोडीले पहिलाेपटक अभिनय गरेको फिल्म ‘डिसेम्बर फल्स’को छायांकन अझै ३० प्रतिशद जति बाँकी रहेकने छ । यसैविच, उनीहरु नयाँ फिल्म ‘मिरर’का लागि पनि जोडी बाधिने तयारीमा छन् । फिल्ममा आर्यन र उपासनासँगै प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका रहनेछ ।

उपासनालाई महानायक राजेश हमाल कमब्याक अभिनित फिल्म ‘सत्यम्’को पनि अफर गएको छ । उनले यो फिल्ममा पनि साइन गरेकी छैनन् । फिल्म ‘सत्यम् र मिरर’को छायांकन सेड्यूल जुध्ने अवस्था आयो भने उपासनालाई समय मिलाउन समस्या आउनसक्ने भएकाले उपाशनाले यी दुबै फिल्ममा साइन गरेकि छैनन् । तर, उपासनालाई दुबै फिल्मकाे कथा मन परेको वुझिएको छ ।

अनमाेल केसी स्टार फिल्म क्याप्टेनबाट फिल्मक्षेत्रमा प्रबेश गरेकि उपाशनाले त्यसपछि सुपरहिट फिल्म कबड्डिकाे सिक्वेल कबड्डि कबड्डि कबड्डि मा अभिनय गरेर सफलता पाइसकेकि छिन । त्यसयता उनलाइ धेरै नै फिल्मकाे अफर आउने गरेकाे पाइन्छ ।

साथै भर्खरै निर्माण घाेषणा गरिएकाे फिल्म कबड्डिकाे चाैथाै सिक्वेलमा समेत उपाशनाकाे सम्भावना रहेकाे अनुमान गर्न सकिन्छ ।