fbpx
८ बैशाख २०७८, बुधबार

विप्लव’ समूहले वार्ताका लागि समिति गठन गर्नु सकारात्मक : कांग्रेस

नेपाली कांग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले वार्ताका लागि समिति गठन गर्नुलाई सकारात्मकरुपले लिएको जनाइएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सरकार र सो समूहले इमान्दारपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने विश्वास व्यक्त गर्नुभएको छ ।