१५ बैशाख २०८१, शनिबार

भट्टराईको संयोजकत्वमा आगलागी पीडित सहयोग समिति

DBL Fungling

ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितलाई राहत तथा पुनःस्थापनको लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा काठमाडौँमा आर्थिक सहयोग समिति गठन गरिएको छ ।

सो समितिकको सह संयोजकमा पासाङ शेर्पा र टङ्क आङबुहाङ रहुनभएको छ भने सदस्यमा चित्र गुप्त साँवा, डम्बरबहादुर तुम्वाहाम्फे, टङ्क श्रेष्ठ, रमेश बराल, बलबहादुर तामाङ, युवराज गुरुङ, तारादेवि श्रेङ, अग्नी पौडेल, नन्दु बनेम र पदमजङ्ग आङवुहाङ हुनुहुन्छ ।

त्यस्तै बैठकले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाको लागि भूकम्प पीडित सो सरह राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

राहतको लागि देश तथा विदेशमा रहेका ताप्लेजुङवासीलाई सहयोग गर्न आह्वान गर्ने तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाँच लाख र प्रदेशसभा सदस्य टङ्क आङबुहाङले तीन लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।