१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तुको यशोधरामा आगलागी ५ घर जलेर नष्ट

aaglagi kpl

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ बाँसखोरमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । सोमबार राती ८ बजे सुरु भएको आगलागीमा मानमती बढई, राम किशुन बढई, तिलकराम मुराउ, सोमई तेली र लालजीको कच्ची घर जलेर नष्ट भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले बताउनु भयो ।

आगलागीका कारण गहना, लत्ताकपडा तथा खाद्यान्न गरी करिब १६ लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान छ । घटनामा कुनै मानविय क्षती भएको छैन ।

आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र कपिलवस्तु नगरपालिकाको दमकलले २ घन्टाभित्र नियन्त्रण लिएको थियो । सोमबार दिउँसोदेखि नियमित रूपमा हावा चल्दा वाणगंगा र शिवराज नगरपालिकाको वन क्षेत्रमा समेत आगलागी भएको थियो ।