१८ बैशाख २०८१, मंगलवार

अग्नि सापकोटा विरुद्धको रिट हरिप्रसाद फुयालको इजलाशमा

agni sapkota

प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिएका नेकपाका सांसद अग्नि सापकोटाविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतवार दुईवटा एकल इजलाश गठन गरेका छन्। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र हरिप्रसाद फुयालको एकल इजलाश रहेको छ।

सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश त्रिपाठीको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन् ।

सापकोटाको मुद्दा फुयालको इजलाशको पहिलो नम्बरमा रहेको छ। फुयालको इजलाशमा तीन थान मुद्दा पेशीमा रहेका छन्।

सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो।

फुयाल द्वन्द्वकालीन घटनासँग जानकार र बहस गर्दै आएका व्यक्ति भएकाले यो मुद्दामा के आदेश गर्ने छन् भनी चासो रहेको छ। न्यायाधीश हुनु अघि संक्रमणकालीन न्यायसम्बन्धी ऐनको मस्यौदाकारसमेत फुयाल भएकाले यो मुद्दालाई उनको इजलाशमा पेशी तोकिदाँ आम चासो बढेको हो।

सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक आज मध्याह्न तीन बजेका लागि बोलाइएको छ । विपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिएकाले एकल उम्मेदवार रहेका सापकोटा सर्वसम्वत हुने निश्चित छ। तर, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेमा भने यो प्रक्रिया अवरुद्ध हुने निश्चित छ।