७ बैशाख २०८१, शुक्रबार

वडा कार्यालय तोडफोड गरी नगद चोरी

oda karyalaya todfod ZdrA4eoUcz
फाइल फोटो

रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय तोडफोड गरी नगद चोरी भएको छ। आइतबार राति कार्यालय तोडफोड गरी कार्यलयमा रहेको टेवलको लकरमा रहेको पाँच हजार र दराजमा रहेको ६० हजार गरी कुल ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

यस्तै, सोही वडाको विष्णुबहादुर सिंजालीको होटलबाट ६ हजार, विष्णु पौडेलको घरबाट ४० हजार, पाँच तोला बराबरको सुनका गहना, चार तोला बराबरको चाँदीको पाउजु चोरी भएको छ।

यस्तै, सोही वडाकै गणेश पौडेलको संगम होटलबाट नौ हजार, नवराज बस्नेतको घरबाट ५५ हजार, मधु पछाइको किराना पसलबाट नगद ६ हजार र पैँचो पसलबाट ८०० रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोतम पाण्डेले जानकारी दिनु भयो ।

चोरीमा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार...