११ बैशाख २०८१, मंगलवार

पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु

patheghar

दैलेख ः जिल्ला सदरमुकामस्थित स्वास्थ्य सेवा कार्यालय- दैलेख जिल्ला अस्पतालमा पाठेघर खस्ने समस्याको नि:शुल्क शल्यक्रिया शिविर सुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा महिलाको पाठेघर खस्ने समस्या सम्बन्धी ९ दिने निःशुल्क शिविर सोमवारदेखि दैलेखमा सुरु भएको हो ।

स्त्रीरोग बिशेषज्ञ डा. राजीव शाहको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीले फागुन २५ गतेसम्म शिविर सञ्चालन गर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए ।

पाठेघर खस्ने समस्या उपचार गर्न आउने महिलाले नागरिकता वा आफ्नो स्थानीय तहको सम्बन्धित वडाको सिफारिस लिई आएमा यातायात खर्च समेत व्यहोर्ने बताइएको छ ।