१६ चैत्र २०८०, शुक्रबार

नेकपा ओली समूहका केन्द्रीय सदस्य ताज मोहम्मद मियाँद्वारा पदत्यागको घोषणा

olineta 750x375 1

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य ताज मोहम्मद मियाँले पदत्यागको घोषणा गर्नुभएको छ ।

आइतवार एक विज्ञप्ति प्रकाशित गरि केन्द्रीय सदस्य मियाँले पद त्यागको घोषणा गर्नुभएको हो । उहाँले अबको राजनीतिक जिम्मेवारी पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको मूलधारमा रहेर निर्वाह गर्ने घोषणा समेत गर्नुभएको छ ।

संविधानप्रदत्त समानुपातिक समावेशी लोकतान्त्रिक प्रणाली अन्तर्गत प्राप्त अधिकारहरुको समुचित प्रयोग र कार्यान्वयनमा उदासीन वर्तमान सरकारको कार्यशैलीप्रति आफ्नो गम्भीर असहमति रहेको पनि नेता मियाँले उल्लेख गर्नुभएको छ । उहाँले मुस्लिम लगायत सम्पूर्ण उत्पीडित समुदायको हक अधिकारको सुनिश्चितता मुलधारको नेकपाले मात्र गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले समाजवाद प्रात्किो यात्रामा जोडिन मूलधारको नेकपामा एकाकर हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपील समेत गर्नुभएको छ ।

150159840 248752866876717 501320832055875295 n gWB8f4G0DM