fbpx
१० बैशाख २०७८, शुक्रबार

दाङमा विवाह भोजमै कुटपिट, एक जनाको मृत्यु, ६ पक्राउ

सांकेतिक तस्विर

दाङमा कुटपिटबाट एकजनाको हत्या गरिएको छ । घोराही उपमहानगरपालिकामा विवाह भोजमा भएको कुटपिटमा २१ वर्षीय राजन चौधरीको मृत्यु भएको हो । कुटपिटबाट गम्भिर घाइते उनलाई उपचारका लागि अस्पताल लगिएपनि ज्यान जोगिएन् ।

जलौरानजिक विवाहको भोजमा गएका राजनलाई ६ जनाले कुटपिट गरी घाइते बनाएका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका राजनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलस्थित चौराह हस्पिटल मेडिकल कलेज लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो।

कुटपिटको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न रहेका अभियोगमा ६ जनालाई पक्राउ गरेको छ।

शनिबार राति प्रहरीले घोराही उपमहानगरपालिका १० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी लगायत ६ जनालाई पक्राउ गरेको हो।

घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।