१५ बैशाख २०८१, शनिबार

कोरोना संक्रमितका लागि चीनले ६ दिनमा बनाउँदैछ १००० शैयाको अस्पताल

Hospital for coronavirus patients Wuhan China

चीनको वुहान सहर घातक कोरोना भाइरससँग जुधिरहेको छ ।

वुहान शहरमा नयाँ कोरोना भाइरसबाट संक्रमित बिरामीहरुको उपचारका लागि धमाधम अस्पताल बनाउन थालेको छ । उक्त अस्पताल ६ दिनमा निर्माण गरिसक्ने गरी निर्माण सुरु गरिएको जनाइएको छ ।

१० लाख जनसंख्या रहेको वुहानमा संक्रमण फैलिन थालेको छ र ८३० संक्रमित भेटिएका छन् । ४१ जनाको मृत्यु भइसकेको छ ।

jpg

अस्पतालहरुको स्थिति चिन्ताजनक छ । विरामीको भीड लागेको छ र औषधिको अभाव हुन लागेको छ । र, विरामीको उपचारका लागि नयाँ अस्पताल बनाइँदैछ ।

एक हजार शैयाको यो अस्पताल बनाउन कुुन रफ्तारमा काम भइरहेको भन्ने चिनियाँ सरकारी सञ्चारमाध्यममा प्रशारित भिडियोमा देखिन्छ ।

अस्पतालका लागि २५ हजार वर्गमीटर भएको इलाकामा थुप्रै डोजरले एकसाथ खन्ने काम गरिरहेका छन् ।

चीनले २००३ मा सार्स भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि बेइजिङमा यसरी नै अस्पतल बनाएको थियो । त्यसबेला ७ दिनमा अस्पताल बनेको थियो । अहिले त्यो रेकर्ड तोड्ने प्रयास हुने काउन्सिल अन फरेन रिलेशनमा ग्लोबरल हेल्थका सिनियर फेलो यानजोङ हुआन बताउँछन् ।

यो अस्पताल प्रि फेब्रिकेटेड मेटेरियलबाट बनाइनेछ ।

यो काम समयमै सम्पन्न गर्न देशका विभिन्न भागबाट इन्जिनियरहरुलाई बोलाइएको छ । औषधि अभाव टार्न पनि वुहानले अरु अस्पतालबाट आपूर्ति गर्ने वा सिधै कम्पनीसँग किन्ने योजनामा विचार गरिरहेको छ । एजेन्सी