१४ बैशाख २०८१, शुक्रबार

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक, होला त हिउँदे अधिवेशन आह्वान ?

pm office baluwatar

आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । बैठक बोलाईए पनि छलफल हुने एजेण्डा भने तय नभइसकेको थाहा हुन आएको छ ।

स्रोतका अनुसार संसद पुनःस्थापनाको फैसला पछिको पहिलो बैठकबाट मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान गर्ने प्रबल सम्भावना रहेको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्नुभएको थियो जुन दुई महिना लामो बहसपछि सर्वोच्च अदालतले फागुन ११ मा बदर गरेको थियो ।

सर्वोच्चको फैसला पछी दाहाल-नेपाल समुहा लगायत कांग्रेसका नेताहरु समेतले प्रधानमन्त्रीको राजीनमाको माग गरेका छन । यता प्रधानमन्त्रीका प्रेस सल्लाहाकारका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुनेछ ।