६ बैशाख २०८१, बिहीबार

आगामी सरकारको गठबन्धन: तीन दल हुन्छ कि कांग्रेस र नेकपा मात्रै हुन्छ

rajendra shrestha
फाइल फोटो

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना भइसकेका सन्दर्भमा नयाँ सरकार निर्माणका लागि वर्तमान सरकारले बाटो खुला गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेता श्रेष्ठल आफूहरुले नेपाल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहलाई ठोस धारणा बनाउनका लागि सुझाव दिएको पनि सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “तीन दल हुन्छ कि कांग्रेस र नेकपा मात्रै हुन्छ ? यो टुङ्गिएको छैन, नेकपाको आन्तरिक विभाजन छ, कानूनीरुपमा पूर्णता पाओस् ।” आगामी सरकारको गठबन्धन प्राकृतिक, अग्रगामी, समृद्धि र सुशासनतर्फ जाने खालको हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।