१३ बैशाख २०८१, बिहीबार

छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन पर्छ: मन्त्री श्रेष्ठ

rajendra shrestha
फाइल फोटो

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताका समस्यालाई सक्दो छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गर्नुभएको छ ।

कामपाको ११ औँ नगर सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिले जनताको मन जित्ने गरी नयाँ ढङ्गले काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यका सांस्कृतिक सम्पदाको प्रतीक रहेकाले त्यसको संरक्षणमा अभिभावकत्व गर्नु कामपाको दायित्व भएको उल्लेख गर्दै उहाँले देशको ठूलो र मुख्य कामपा रहेकाले अन्य स्थानीय तहलाई प्रेरणा मिल्ने गरी जनप्रतिनिधिहरूले काम गर्नुपर्ने बताउनुभयो ।

कामपा उपप्रमुख सुनिता डङ्गोलले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब बढीको बजेट प्रस्तुत गर्नुभएको थियो । आज प्रस्तुत भएको बजेटमाथि यही असार १७ गते शुक्रवार छलफल हुने कार्यतालिका रहेको छ ।