११ बैशाख २०८१, मंगलवार

ओलीलाई मात्रै एक्ल्याएर सबै एकजुट भएर अगाडि बढौं: पाण्डे

surendra pandey 1024x705 1

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

भरतपुरमा आयोजित नेकपा प्रचण्ड–माधव समूह चितवनद्वारा संसद पुनःस्थापना भएको खुसीयालीमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेकपाको मूल घरमा हामी छौं, अब सबै मूल घरमा आउनुस्’ पाण्डेले नेकपा ओली पक्षका कार्यकर्तालाई लक्षित गर्दै भने, ‘हामी नेकपालाई एकजुट बनाएर, एउटै पार्टी बनाएर अगाडि बढ्नुपर्ने छ । ओलीजीलाई मात्रै एक्ल्याएर हामी सबै एकजुट भएर अगाडि बढौं ।’ उनले ओलीपक्षका नेता तथा कार्यकर्तालाई प्रचण्ड–नेपाल समूहमा आउन आग्रह गरेका हुन् । नेकपाका सबै नेता कार्यकर्ता एकजुट भएर अगाडि बढेमा आगामी दिनमा पनि नेकपाकै बहुमत आउने पाण्डेको दाबी थियो ।

IMG 4235

सर्वाेच्च अदालतले संसदलाई पुनस्थापना गरेर ओलीको प्रतिगमनकारी कार्यलाई पराजित गराएको पाण्डेले बताए । ‘प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिहरुको प्रयासले प्रतिगमन पराजित भएको छ’ पाण्डेले भने, ‘नेपालको न्यायपूर्ण आन्दोलनलाई बचाउनु भयो । न्यायमूर्तीहरुलाई सलाम छ ।’ अदालतले नेपालमा न्याय मरेको छैन भन्ने प्रमाणित गरेको पाण्डेले बताए ।

संसद पुनस्थापनाको फैसलापछि अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पाण्डेले माग राखे । ‘ओलीमा अलिकति पनि नैतिकता छ भने तुरुन्तै राजीनामा दिएर नयाँ सरकार बन्ने मार्ग पशस्त गर्नुपर्छ’ पाण्डेले भने । सबै दल मिलेर नयाँ सरकार बनाउन आवश्यक रहेको बताउँदै पाण्डेले सबै दललाई सरकारमा आउन आग्रह गरेका छन् ।

पाण्डेले अब देशलाई समाजवादको बाटोमा अघि बढाइने बताए । सकुमवासीहरुलाई ६ महिनादेखि एक वर्षभित्र लालपुर्जा दिने गरी अबको सरकारले काम गर्ने दाबी गर्दै पाण्डेले वृद्धभत्ता ५ हजार रुपैयाँ पु¥याइने बताए ।

विजय सभामा नेकपा वागमती प्रदेश प्रमुख नारायण दाहाल, नेकपा चितवनका जिल्ला यमबहादुर परियार ‘इन्द्रजित’, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले बोलेका थिए । सबै वक्ताहरुले प्रधानमन्त्री ओलीको विरोध गर्दै ओलीको दिन सकिएको टिप्पणी गरेका थिए ।

IMG 4251