१३ बैशाख २०८१, बिहीबार

खुसी भएर, जित्यौं हामीले भन्दै मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : ओली

kp oli
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताउनु भएको छ ।

सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाउनु भएको थियो । खुसी भएर, जित्यौं हामीले भनेर ।’

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उहाँले भन्नु भयो , ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’मंगलबार सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि चितवनमा प्रचण्ड र माधव नेपालले लड्डु बाँडेर खुशियाली मनाउनु भएको थियो ।