१६ चैत्र २०८०, शुक्रबार

नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छः प्रचण्ड

prachanda scaled
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले आज संसद पुर्नस्थापना गर्ने फैसला गरेपछि चितवनमा रहेका अध्यक्ष प्रचण्डले साँझ कार्यकर्ताहरुसंग खुशी साटासाट गर्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले सर्वोच्चले जनताको पक्षमा फैसलामा गरेको भन्दै यो जनताको जीत भएको प्रतिक्रिया दिए ।

सर्वोच्चको फैसलापछि सो समूहका दुवै अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट समेत गरेका छन् । सो समूह समर्थित युवाहरुले नारायणगढमा विजयी र्‍याली समेत निकालेको थियो ।