१७ बैशाख २०८१, सोमबार

चीनमा काेराेना भाइरसबाट १७ जनाकाे ज्यान गयाे, शहर नै शिलबन्दी

coronavirus

कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १७ जनाको ज्यान गएको छ। मानवीय क्षति बढेपछि चीनले वुआन सहरलाई नै शिलबन्दी गरेको छ भने अधिकारीहरुले स्थानीय मानिसलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

कोरोना भाइरसको प्रकोपलाई रोक्नको लागि अधिकारीहरुले यस्तो प्रतिबन्ध लगाएका हुन् । वुहान शहरबाट नै कोरोना भाइरस फैलिन सुरु गरेको थियो ।

यो भाइरसबाट अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने चीनमा पाँच सय ५० भन्दा बढी सङ्क्रमित भएका छन् ।

बिहीबार बिहानबाट लगाइएको यो प्रतिबन्धपछि शहरी बस, ट्रेन, सबसे, विमानस्थल, होटल र रेस्टुरेन्ट बन्द गरिएका छन् । वुहान शहर पूर्णरुपमा बन्द गरिएको छ । स्थानीयहरुलाई अत्यावश्यक काममा मात्र बाहिर निस्कन भनिएको छ ।

यसका साथै शहरका नगरपालिका सरकारले सूचना जारी गर्दै सार्वजनिक स्थानमा सबैलाई मास्क लगाउन सचेत गराएको छ ।

अहिलेसम्म चीनबाहेक अमेरिका, दक्षिण कोरिया, जापान र थाइल्याण्डमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

सि फुडु पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।

कोरोनाभाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ ।

एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउस भन्छन्, ‘यो नयाँ भाइरस देखिने बित्तिकै हामीले यसको असरका बारेमा थाहा पाउने प्रयास गर्‍यौँ । यो सामान्य रुघा, खोकीको जस्तो लक्षण देखाउने भाइरस होइन, जुन चिन्ताको कुरा हो ।’