१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले उद्घाटन गरेको नेपालकै दोश्रो लामो पुलको शिलालेख तोडफोड

pul udghatan

दाङमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड भएको छ । दाङ देउखुरीको राप्ती नदीमा माघ १२ गते प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेका थिए । नेपालको दोस्रो लामो पक्की पुल भनिएको यस पुल उद्घाटन गरेको महिना दिन पनि पुगेको छैन । तर उक्त पुलको शिलालेख तोडफोड भएको छ । कसले र किन शिलालेख तोडफोड गर्यो भन्ने बारेमा आधिकारीक जानकारी आइनसकेको बताइएको छ ।

शिलालेखमा लेखिएको विवरणमा त्रुटि भएको विषयमा उद्घाटनको दिन महादेवा क्षेत्रका स्थानीयबासिन्दाले सुझाव दिएका थिए । ८६० मिटर लम्बाई र साढे १० मिटर चौडाई रहेको यस पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल महादेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनिया पुल लेखिएको भन्दै गुनासो आएको थियो । उक्त पुल २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए । पुल एएनके लुम्बिनी वाइपी जेभी कम्पनीले निर्माण गरेको हो ।