२० बैशाख २०८१, बिहीबार

भारतीय एक दिवसीय र टी–२० क्रिकेट टिमको घोषणा

prithvi shaw shikhar dhawan and sanju samson

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले भारतीय एक दिवसीय क्रिकेट टिमको घोषणा गरेको छ । उक्त टिमले न्यूजिल्याण्ड विरुद्धको तीन एक दिवसीय खेल खेल्नेछ ।

भारत र अष्ट्रेलिया बीच आइतबार बेंगलुरुमा भएको एकदिवसीय खेलमा आरोन फिंचको शट बचाउन डाइभ हानेपछि धवनको काँधमा चोट लागेको थियो। घाइते शिखर धवनको सट्टा संजु सैमसन लाई ल्याइने भएको छ ।

रणजी ट्रफीमा मुम्बईका लागि राम्रो फर्ममा रहेका पृथ्वी शॉको प्रतिबन्ध नोभेम्बर २०१९ मा सकिएको थियो तर कर्नाटक बिरूद्ध रणजी ट्रफीमा उनको काँधमा चोट लागेको थियो । एकदिवसीय टीममा शॉको चुनाव एक आश्चर्यको रुपमा लिइएको छ।

भारतको तीन एक दिवसीय न्यूजिल्याण्ड भ्रमण ५ फेब्रुअरीबाट शुरु हुँदैछ ।

टी–२० टिमः कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा, सन्जू स्याम्सन, लोकेश राहुल, श्रेयस ऐयर, मनिष पान्डे, ऋषभ पन्त, शिवम दुबे, कुलदीप यादव, युजभेन्द्र चहल, वासिंगटन सुन्दर, जसप्रित बुमराह, मोहम्मद शमी, नवदीप सैनी, शार्दुल ठाकुर र रविन्द्र जडेजा ।

एक दिवसीय टिमः कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा, पृथ्वी शाँ, लोकेश राहुल, श्रेयस ऐयर, मनिष पान्डे, ऋषभ पन्त, शिवम दुबे, कुलदीप यादव, युजभेन्द्र चहल, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद शमी, नवदीप सैनी, शार्दुल ठाकुर र केदार जाधव ।

    सम्बन्धित समाचार...