२४ बैशाख २०८१, सोमबार

फिल्म सेल्फी किङको दोस्रो गीत सार्वजनिक

Bipin Karki

फिल्म सेल्फी किङको दोस्रो गीत सार्वजनिक गरिएको छ । जिन्दगिको के छ र भर बोलको सार्वजनिक गीतमा केतन क्षेत्रिको स्वर सुवास भुसालको सँगित र सुरेश गैरे बिबसको शब्द रहेको छ । स्याड शैलिमा तयार भएको गितमा अभिनेता बिपिन कार्किलाइ दुखित मुद्रामा देख्न सकिन्छ ।

गीतको भिडियामो केहि चल त केहि अचल दृश्यहरुलाइ समेटिएको छ । बिशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको यस फिल्मको केहि अगाडि नै सार्वजनिक गरिएको जालि रुमाल बोलको एक गित र ट्रेलर चर्चामा रहेपश्चात निर्माण टिमले दोस्रो गित सार्वजनिक गरेको हो ।

सेल्फी किङ नाम गरेको एक चर्चित कलाकारको ३ दिने कथामा बनेको फिल्म ड्रामेडी जनरमा निर्माण बनेकोे हो । फिल्ममा बिपिन कार्कि लक्ष्मी बर्देवा भुवन चन्द अबयराज बराल लोकमनि सापकोटा जिवन भट्टराइ सबिन बास्तोला बालदिप राइ कमल देबकोटा लगायतको अभिनय रहेको छ भने केकि अधिकारीलाइ गेस्ट रोलमा देख्न सकिन्छ ।

पिक्चर्स फ्रेम फिल्म प्रोडक्सन कम्पनि र सुवास थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्मातामा दिनेश राउत र सुवास थापा सहायक निर्मातामा प्रवल कोइराला र राजेश बिशुरालको रहेको छ । ओखलढुगाँ सोलु लगायतको ठाउँमा छायाँकन गरिएको फिल्मको सिनेमाटोग्राफरमा सुसन प्रजापति र सम्पादनमा जिवन थापाको रहेको छ । फिल्म माघको २४ बाट देशब्यापि प्रदर्शनमा आउदैछ ।