१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘१९१७’ नेपालमा रिलिज गर्ने तयारी

1917 pic

हलिउड फिल्म ‘१९१७’ लाई नेपालमा पनि रिलिज गरिने भएको छ । अहिले फिल्मको खडेरी परेका बेला हलको संकट टार्नका लागि फिल्म ‘१९१७’ रिलिज गर्न लागिएको हो । समीक्षकले निकै रुचाएको यस फिल्म हो ।

दोस्रो विश्वयुद्धकालिन यो फिल्मले सन् २०१९ को अस्कर अवार्डमा उत्कृष्ट फिल्म र निर्देशकसहितका १० विधामा मनोनयन हासिल गरेको थियो । या फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले रिलिज हुने कुराको पुष्टि गरेको छ भने कहिले फिल्म प्रदर्शन गर्ने हो मिति तोकेको छैन ।
यो फिल्मलाई स्याम मेन्डेस्ले निर्माण एवं निर्देशन गरेका हुन् । फिल्मलाई रोजर डिकन्सले छायांकार जिम्मा समालेका थिए । उनले यसैबाट अस्कार अवार्ड जितेका थिए ।

एप्पलले हलिउडको एनिमेटेड फिल्म ‘राया ः द लास्ट ड्रागन’लाई पनि रिलिज गर्ने तयारी गरेको छ । शुक्रबार नेपालमा दक्षिण भारतीय फिल्म चक्रका रक्षक रिलिज भएको छ । हलिउडको मुलान, मन्स्टर हन्टर, द इन्भिजिबल म्यानसहित नेपालको कागबेनी पनि पुनः प्रदर्शनमा छ ।