fbpx
१३ फाल्गुन २०७७, बिहीबार

फिल्म ‘पीके’ को सिक्वेल घोषणा, मुख्य भूमिकामा रणवीर !

बलिउड फिल्म ‘पीके’ को सिक्वेल बन्ने भएको छ ।

आमिर खान,अनुष्का शर्मा र स्वर्गीय सुशान्त सिंहको मुख्य अभिनय रहेको सन् २०१४ को सर्वाधिक सफल फिल्म पिकेको सिक्वेल बन्ने भएको हो ।

सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ ।

फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका थिए । त्यहीकारण फिल्मको सिक्वेलमा रणवीरले नै बाँकी कथालाई अगाडि बढाउनेछन् ।

पिके फिल्म निर्माता विधु विनोद चोपडाले पिकेको सिक्वेल बनाउने घोषणा गरे सँगै उनले अहिले यसको तयारी भइरहेको समेत बताएका छन् । सिक्वेलमा आमिर खान देखिने छैनन् भने आमिरको ठाउँमा रणवीर कपूरले मुख्य भूमिका निभाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्ममा रणवीर कपूरको क्यारेक्टर दोस्रो प्लानेटबाट पृथ्वीमा आएको देखाइएको छ । सिक्वेलमा रणवीरले नै फिल्मको कहानी अगाडि लैजाने छन् ।

‘हामी सिक्वेल बनाउनेछौं । हामीले पहिलो संस्करणको अन्त्यमा रणवीर कपूरलाई देखाएका थियौं । यो फिल्मको अगाडिको कथा लुकेको छ । यद्यपि हालसम्म अभिजात जोशी(फिल्मका लेखक)ले कथा लेखिसकेका छैनन् । जुन दिन उनले कथा लेखिसक्छन्, त्यसपछि सिक्वेलको तयारी शुरु हुन्छ ।’ कहानी लेखेर सकिने बित्तिकै फिल्म सुरु गरिने निर्माता विधुको भनाइ छ ।

यो फिल्म हिरानी–चोपडा प्रोडक्सनका फिल्महरुको हिट फिल्मको सूचीमा पर्दछ । यो जोडीले ‘मुन्नाभाई’ जस्तो हिट फिल्म दिएको थियो । फिल्म ‘पीके’मा सुशान्त सिंह राजपुत, सौरभ शुक्ला जस्ता कलाकारको अभिनय थियो । फिल्मले अन्धविश्वासमाथि प्रहार गरेको थियो ।