१४ बैशाख २०८१, शुक्रबार

प्रदेश प्रमुख झाबाट शपथ

5J4A3195 1536x1024 1

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले आज आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाउनुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले आजै तिलक परियारलाई पदमुक्त गरी झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।