fbpx
२० फाल्गुन २०७७, बिहीबार

देशभर पछिल्लो २४ घण्टामा थप ९७ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९३१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३१ महिला र ६६ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने तीन रहेको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ११४ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६१९ रहेको छ ।

अहिले देशभर एक हजार ५८३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६८ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी एक हजार ५८३ आइसोलेसनमा छन् । हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्मा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।