१५ बैशाख २०८१, शनिबार

स्थानीयवासी आन्दोलित

andolan birndranagar 6rm0PaqLbH

वीरेन्द्रनगर–८ स्थित शहरी स्वास्थ्य चौकीले स्वास्थ्य सेवा प्रदान नगरेको भन्दै स्थानीय गौरीशङ्कर टोलका युवा आन्दोलित भएका छन् । स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । प्रभावकारीरुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भन्दै उनीहरु वीरेन्द्रनगर नगरपालिकास्थित कार्यालयमा नाराबाजी गरेका छन् ।

आफुहरु स्वास्थ्यचौकी गएको बेलामा त्यहाँबाट सेवा नपाएकाले निजी मेडिकलमा महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य भएको उनीहरुको भनाइ छ । स्थानीय युवा विनम शाहीले स्वास्थ्य सेवाले प्रभावकारी सेवा प्रदान गरोस् भन्ने उद्देश्यले टोलका युवा मिलेर आन्दोलन गरेको बताउनुभयो । उहाँले शहरी स्वास्थ्य केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिकामा पुगेर ¥यालीसहित ध्यानाकर्षण गरिएको जनाउनुभयो ।

स्वास्थ्य केन्द्रबाट प्रभावकारीरुपमा सेवा प्रवाह नभएमा फेरी पनि आन्दोलन गर्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य केन्द्रका कर्मचारीले सेवा लिन गएको बेलामा राम्रो व्यवहार नगर्ने र सेवाग्राहीसँग झर्किने गरेको स्थानीय मैना शाहीले बताउनुभयो । स्थानीयवासी विष्णु विकले सामान्य समस्या लिएर जाँदा पनि बेवास्ता गरेको बताउनुभयो । स्थानीयवासी तुल्सी पुलामीले प्रेसर नाप्न जाँदा पनि मेशिन छैन भनेर स्वास्थ्यकर्मीले फर्काएको बताउनुभयो । शहरी स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज प्रेमा थानीले सीमित स्रोत साधनबाट केन्द्रले उपलव्ध गराउने सेवा दिएको दावी गर्नुभयो । “हामिले दिन सक्ने र दिन मिल्ने सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा तीन जना महिला कर्मचारी मात्रै छौँ ।”