१५ चैत्र २०८०, बिहीबार

२४ घण्टामा थप ९६ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

corona virus graph

थप ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । थप तीन हजार ५४१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ३१ हजार ३३० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ५०५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १११ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ६०३ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ७१ सङ्क्रमित क्वारेन्टिनमा छन् । देशभर ७४ सङ्क्रमित सघन उपचार कक्ष र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट तीनको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५८ पुगेको छ ।