१६ चैत्र २०८०, शुक्रबार

अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्ममा चाँडै डेब्यू गर्दै

swastima khadka

अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा डेब्यू गर्ने भएकी छिन् । ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा निर्माण हुने फिल्ममा स्वस्तिमा हालै आवद्ध भएको जानकारी प्राप्त भएको छ ।

‘एञ्जल मारीया सिनेमाज’ले निर्माण गर्दै गरेको ‘थिरिमाली’ नामको फिल्ममा अनन्या फिल्मस््ले सहकार्य गरेको छ । अनन्या फिल्मस् नेपाली फिल्म निर्माण कम्पनी हो । थिरिमाली को सुटिङ्को लागी फिल्म निर्माण टोली नेपालमा लोकेसन खोजिमा रहेको छ ।

स्वस्तिमा आबद्द चलचित्र महंगो बजेटमा निर्माण हुने र उक्त चलचित्र आधा दर्जन भन्दा बढि भाषामा तयार हुने जनाइएको छ ।