१४ बैशाख २०८१, शुक्रबार

हेमराज स्मृति पुरस्कार झरना साहित्यिक परिवार मकवानपुरलाई

hemraj puraskar e1613639317447

यस वर्षको हेमराज स्मृति पुरस्कार ‘झरना साहित्यिक परिवार मकवानपुर’लाई अर्पण गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि नगद एक लाख सहित ताम्रपत्र रहेको छ ।

साहित्यकार एवं समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र साहित्यको विकासमा टेवा पु¥याउने लक्ष्यका सो स्मृति प्रतिष्ठान गठन गरिएको हो । प्राज्ञ हरिदेवी कोइराला संयोजक र लक्ष्मी निरौला र रमा परासर सदस्य रहनुभएको प्रतिभा छनोट समितिको सिफारिस अनुसार झरना साहित्यिक परिवारलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

साहित्यकार हेमराजको ११औँ स्मृति दिवस यही फागुन १७ गते हेटौँडामा स्मृतिसभा र पुरस्कार समर्पण समारोह आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानलेले जानकारी दिनुभयो । विसं २०५० मा स्थापना भएको सो संस्थाले हरेक महिनाको चौथो शनिबार नियमित शृङ्खलासहित विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कार यसअघि शताब्दी पुरुष सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद्, धरानको विमल गुरुङ स्मृति पुस्तकालय र लोककवि अली मियाँलाई प्रदान गरिएको थियो ।